एकादेशको कथा होइन यो
धेरै मनहरुको संघार
तिम्रो र मेरो पनि माया पिरती बस्यो जस्तो छ
गुहार… गुहार …
त्यसै त्यसै मुस्कान छाएको अनुहारमा
हर्ष यो, नयाँ गोरेटोको सुरुवात
लाग्छ तिम्रो स्वर सुनिरहउं जस्तो
मनमा न्यानो, उग्रपात
कता-कता चिन्तित पनि हुन्छु
नयाँ बाटोको यात्रा, के कस्तो अवस्था आइपर्ला
तर छ साथ तिम्रो, जे जस्तो आउला मज्जाले पचाइएला
तिमीसँगका दिनहरु सधैं उग्रचन्डि रैला
yours truly,
pagal deewana