आज पानी पर्छ रे, छाता लिएर जाउ
फेरि निथ्रुक्क परेर आउनु पर्ला, अनि मलाइ नकराउ
ल, आफ्नो गर्नु पर्ने काम राम्र्रि गरेर आउ
घन्घोर वर्षामा पनि रमाउने मन लिएर जाउ
कस्तो पानी परेको, धत! मैले भने छाता घरमै छाडे
सबै जनाले छाता ओडे, मैले चाँहि अरुको छातामा आँखा गाडे
रङ्गी-बिरङ्गी छाताहरु खुल्यो हनुमान ढोकाको बाटो भरि
मलाई भने लाजको भाव आउँछ, जाबो एउटा छाता नहुँदा नि फेरि
लुरुक्क परेर हिँड्छ उ, पानीको चुट्टाइ खाँदै
एता-उता हेर्छ उ, कसैले हेरिरहेको छ कि भनि न्यायाधीश बन्दै
कता-कता आमाले भनेको याद आउँछ, अनि घन्घोर वर्षाको पनि रमाइलो लिन थाल्छ
स्याल जस्तै लुरुक्क परेको उ, अब बाघ जस्तो राजसी पाइला चाल्छ
उसका कम्जोर घुँडालाई बिर्सिएर, रमाउँदै, उ अब दौडिन पो थाल्छ
बाल्यकालका उस्तै सम्झनाहरुले उस्का आँखाहरु भरिन थाल्छ
आमाले भन्नु भएको थियो छाता लिएर जाउ…
Leave a comment