यस्तै हो दुई दिने जिन्दगी …

यस्तै हो दुई दिने जिन्दगी
हासे हास्दिने
रोए रोइदिने
खोला जस्तै बग्दिने
बग्दा बग्दा अल्छी लाग्ला
डुङ्गामा चड्दिने, फोटो खिच्दिने
फेसबुक, इन्स्टाग्राममा नि हाल्दिने
तर बग्दा बग्दा होला कहिलेकाहीँ पिडा
याद रहला रमाउने दिनहरु फेरि आउला

यस्तै हो दुई दिने जिन्दगी
हल्का फुल्का पढ्दिने
पाको बेला घुम्दिने
गीत बजे नाच्दिने, लिरिक्स नाआएपनि गाइदिने
चाहिएको भन्दा बडि नाटक गर्दिने
राति कौसिमा बस्दिने, अँध्यारो आकाश तिर हेरिरहने
चमेरोहरु खाना खोज्न उडिरहने
यतिकै कसै कसैलाई सम्झिदिने
यि सबै स्मृति भए अब, मस्तिष्कको कुनै कुनामा आनन्दले बसिरहने

यस्तै हो दुई दिने जिन्दगी…

Inspired from songs: Ashma & Bataseko Jindagi

Comments

Leave a comment