उसलाई बाच्न मन छैन रे
के उसलाई अब डाँडा-काँडाहरुमा फेरि हिड्न मन छैन
लामो हिडाई पछि आनन्दको थकाइ मार्न मन छैन
चराहरुको चिर-बिर सुन्न मन छैन
आफ्नो मोटरसाइकलमा सरर घुम्न मन छैन
पठारमा बसेर फेरि सूर्यास्त हेर्न मन छैन
हृदय छुने गीतहरु सुन्न मन छैन
यो सुन्दर संसारमा नच्न मन छैन
आफ्ना साथी-भाईहरु संग बसेर बादल माथि उड्न मन छैन
आफ्नो बाबु-आमा संग बसेर खाना खान मन छैन
आफ्नो मुटुको ढुक्-ढुक्कि सुन्न मन छैन
तर आशा गर्छु उसले “मलाई बाच्न मन छैन” जिस्किएर भनेको होस्
अहिले दिक्क लागेकोले जिन्दगीलाई दिएको घुर्कि होस्
खै अब अरु कुरा त उस्ले नै जानोस्
Something I wrote for a friend…
Leave a comment