अँध्यारो यो रात
जुन ताराको यो साथ
के हांँस्छौ ए चम्किला तारा
के बन्छौ तिमी मेरो मनको साहारा?
मलाई हेरि हाँसिरहेको छौ होला तिमी
तर तिमी पनि बांधिएको छौ त्यो आकशमा
घमन्ड नगर तिमी
तिम्रो सुन्दरताको बयान निर्भर पर्छ मेरो आँखामा
कहिले लाग्छ, मेरो जीवन पनि तिम्रै घमन्डले चलेको छ
मेरो जीवन, आज छ भोली छैन, खोला जस्तै बगेको छ
तिम्रो जीवन, अनन्त-अनन्त, लाग्छ चट्टान जस्तै अडेको छ
तर तिमी पनि रुन्छौ आफ्नो अनन्त जीवनको अन्त आँउदा?
लाग्छ तिमी म भन्दा नि बडि रुन्छौ होला
तिम्रो अन्तमा आँसु झार्ने कोहि नहुंदा
त्यस दिन सबै समाप्त हुने छ वा फेरि सुरुवात हुनेछ
म जान्दिन, तर हेरन त्यसको कुनै अर्थ हुन पनि मेरो अस्तित्व हुनु पर्नेछ
यो ब्रह्माण्ड, के मेरो लागी ?
के म बिना यस्को केहि अर्थ छैन?
त्यसो भए तिमी घमन्डि कि म ?
त्यसैले यो रात तिमी र मलाई बराबर ल
तिमी छौ त यो रात पनि यति सुन्दर छ
म छु त तिम्रो प्रशंसक छ
यो ढङ्ग न बङ्गको लेख छ
तर साँची नै भन्नु पर्दा यो अन्धकार छ
त्यसैले त हाम्रो मिलन छ
अन्धकार आयो त तिमी आकाशमा देखिएको छौ
यो रात आयो त म यो खाटमा पल्टिएको छु
आकाशमा टिम-टिम गरिरहेको तिमीलाई हेरिरहेको छु
तिमीसँग कुरा गर्ने मौका पाएको छु
अब यो अन्धकार हिड्न आटि सकेको छ
ऊ स्वार्थी छैन
ऊ हिड्छ, उसलाई अरु कयौं साथीहरुलाई जो मिलाउनु छ
Leave a comment