





“सफला, आज आगो बनाउनु पर्छ जस्तो छ”
“गैस्यो त मकर लेराइस्यो तल बाट”
(मकर हो कि के भन्छ आगो बनाउने भांडोलाई)
म मकर लेराउँछु भर्र्याङ्मा दौडिदै गएर
एकछिन मै कौसी उज्यलो हुन्छ
“भयो ?”
“ह्वर ह्वर बलेको आगो खोठामा लाने होइन नि ।
ढुङ्री ले फुकेर रापिलो बनाउनु पर्छ अनि मात्र लाने हो,
राप मात्र हुँदा”
“म गरुम ?”
“आज हेर्स्यो भोली देखी गर्सेला”
“हस्”
“ए यो पनि यही रयिछे”
“आगोमा चल्लनु हुन्न है,(मुस्कुराउँदै) बेलुका ओछ्यानमा सु आउला”
Leave a comment