उडी रहने चरा
कहिले बादल माथी
त कहिले बादल तल
कहिले चर्को घाममा
त कहिले झम्झम दर्किएको वर्षा
कहिले रतको अंधकारमा
त कहिले दिनको आंखा खाने उज्यालो
त्यै पनि उडीरहन्छ चरा
आफ्नो गन्तव्यलाई साँची
यही थाहा पाउन कि फेरी
उसले अर्को गन्तव्य साँच्नु पर्छ
अर्को आकांक्षा बोक्नु पर्छ
अर्को उडान भर्नु पर्छ
उडी रहनु पर्छ
Leave a comment