यस्तो अथाह माया के का लागि ?

साम्झिन्छु मन कुट्टुकै खान्छ
रुन खोज्छु आँखामा आँसु छैन
बोल्न खोज्छु बोल्न बाँकि के हि छैन​
बिसाउन खोज्छु बस्न मान्दैन मेरो मन
यस्तो अथाह माया के का लागि ?

मनले हो कि तनले हो
गम्भिरतामा हो कि बेवसिमा हो
शाररिक हो कि आत्मिक हो
यस्तो अथाह माया के का लागि ?

बिर्सिन खोज्छु बिर्सिन मान्दैन मेरो मन
मार्न खोज्छु मर्न मान्दैन मेरो मन
बागाउन खोज्छु, बगेर फेरि फर्किन्छ मेरो मन
यस्तो अथाह माया के का लागि ?

सोच्छु कसरि बाँचि रहेको छु यति पिडामा
आँखा खोल्छु, समाल्छु आफुलाई
अनि आफ्नो प्रश्नको आफै उत्तर दिदै भन्छु-
“यस्तो अथाह माया मायाकै लगि”

यस्तो माया जसमा गुमाउने केहि डर छैन​
यस्तो माया गर्नु मायाको केहि गल्ति हुदैन​
तर​, यस्तो माया जसले मेरो माया कहिले फर्काउदैन​
पिडाको कारण पनि बन्दैन​
यस्तो माया अनन्त हुन्छ
यस्तो मायाका लागि नै अथाह माया हुँदो रहेछ​।

-ap

Written Date: August 4th 2020

Credit: This writing is based on the things that I learned from the podcast “Philosophize This.” This podcast has helped me unfold little mysteries about myself. Thank you!

Comments

Leave a comment