प्रकृति

शान्त बनिदेउ तिमी अब चाँडै

माफ गरिदेउ तिमी म जस्तो अज्ञानीलाई
जस्ले तिमीलाई रुआए
माफ गरिदेउ तिमी म जस्तो निर्दयीलाई
जस्ले तिम्रो प्रतिबिम्ब बिगरे

धेरै सहयौ तिमीले हाम्रा क्रूर व्यवहार
सक्छौ भने माफ गरिदेउ तिमी लज्जिता मेरो मुहार
बने कारण तिम्रा असंख्य आँसुका धाराको
बुझ्न सकिना भव तिम्रो निस्वार्थ मायाको

तिमी छौ त म छु
तिमी छौ यो संसार छ
म छु त केवल म मात्र छु
र मेरो स्वर्थ छ

सक्छौ भने माफ गरिदेउ तिमी यो अज्ञानीलाई
शान्त बनिदेउ एक चोटी फेरी तिमी
यो जगतलाई नै शान्ती बनाइ

Comments

Leave a comment