बेनामी

म लड्दै छु, म लडिरहने छु, म लडाइमा नै मर्ने छु
मलाई त्यसमा गर्भ हुनेछ
तर तिमीले गरेका कुकर्म
कोलाहल मच्चाइ बारबार चिच्याउने छ

निर्मान्ण गर्यौ धनको महल
ठगी करोडोलाई
ओच्छायौ लाखौँको गलैँचा
रुआइ निमुखा जनताहरुलाई

कति नीच बन्न सक्छ एउटा मानिस
हुनेछौ तिमी त्यसको उदाहरण
कति स्वार्थी बन्न सक्छौ ए तर्कहीन प्राणि
तिम्रो पनि एक दिन हुनेछ मरण

एक्लै गम्मक परि
हेर्छौ होला आफूलाई ऐनामा
के मख्ख पर्छौ हे निर्लज्ज
वस्त्र छैन तिम्रो आङमा

कसरी निदाउछौ राती तिमी
धुरिबाट कराएको पाप सुनी
अहिले पनि समय रएछ तिम्रो
पाप पखाल,
जिम्मेवार र विवेकशील प्राणि बनि

यदि कुनै हिज्जे गल्ती भएमा मेरो क्षमायाचना

~A

Comments

Leave a comment